पथरी । मोरङ पथरी शनिश्चरे नगरपालिका १ गुद्री बजारबाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय अक्षय माझी रहेका छन् ।

 

शुक्रबार बेलुका साडे ७ बजे इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले माझीलाई लागुऔषध ब्राउनसुगर १ ग्राम ४ मिलिग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका माझीको थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।