दमक । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले २५ ग्राम ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु गौरादह नगरपालिका निवासी हुन् ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार राति ८ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ९ स्थित इँटाभट्टाबाट को २९ प २२३४ नम्बरको मोटरसाइकलमा सवार गौरादह नगरपालिका १ का ३३ वर्षीय भीमबहादुर श्रेष्ठ र सोही ठाउँका ३२ वर्षीय मोहन सिलवाललाई पक्राउ गरेको हो ।

 

उनीहरुको साथबाट २५ ग्राम ब्राउनसुगर र नगद १० हजारसहित बरामद गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको डीएसपी पाठकले बताए ।