बिर्तामोड । झापा बिर्तामोडका एक युवा र भारतीय नागरिकसहित दुई जना लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । झापा प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका ७ बजे बिर्तामोड नगरपालिका २ स्थित चारपानेबाट सोही ठाउँका ३६ वर्षीय बद्री राजवंशीलाई ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

 

यस्तै, वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो सवा २ बजे भद्रपुर नगरपालिका ३ स्थित झोलुङ्गे पुलबाट भारतबाट नेपालतर्फ आउँदै गरेको एक जना भारतीय नागरिकलार्य ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

 

भारत पश्चिम बङ्गाल दार्जिलिङ थबाना खोरीबारी भेलकोजोत निवासी ४२ वर्षीय निखिल विश्वासलाई ३ ग्राम ८०० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको डीएसपी पाठकले बताए ।