झापा । बहुविवाह मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी १० बस्ने ४३ वर्षीय होमप्रसाद दंगाल रहेका छन् ।

 

झापा जिल्ला अदालतको मिति २०७६ वैशाख ८ गतेको फैसला बमोजिम बहुविवाह मुद्दामा शिवसताक्षी १० बस्ने ४३ वर्षीय होमप्रसाद दंगाललाई २ वर्ष कैद र २० हजार रुपैयाँ तोकिएको थियो ।

 

फरार रहेका शिवसताक्षी १० बस्ने ४३ वर्षीय होमप्रसाद दंगाललाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले कारागार पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।