बिर्तामोड । झापाको बिर्तामोडमा राजवंशी समाज विकास समितिले आज विशेष केन्द्रीय महाधिवेशन गर्दैछ । विधानको दफा ३७ को उपदफा (छ) अनुसार केन्द्रीय महाधिवेशन बिवादित भएमा उपस्थित प्रतिनिधिहरुले नै राजवंशी समाज बिकास समितिको बिशेष केन्द्रिय महाधिवेशन गर्न सक्ने भएकाले अधिवेशन गर्न लागिएको अधिवेशन आयोजक समितिका अध्यक्ष मोहन राजवंशीद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

 

वर्तमान समितिका अध्यक्ष भिमराज चौधरी, महासचिब सुवन्त राजवंशी, सचिव चन्द्रप्रसाद राजवंशीको नेतृत्वमा रहेको समितिले चार-चार बर्ष गरी ८ बर्षको कार्यकाल सकिए पनि अझै अध्यक्ष भइरहेकाले विधानको दफा ३७ को उपदफा (छ) अनुसार बिशेष अधिवेशन गर्न लागिएको आयोजक समिति सदस्य अभय राजवंशीले जानकारी दिए ।

 

बिशेष अधिवेशनमा झापाका ११ पालिका, मोरङको १० पालिकाबाट ५-५ जना प्रतिनिधि, सुनसरीबाट ५ जना र काठमाडौबाट २ जना प्रतिनिधिको उपस्थिति रहने सदस्य अभयले जानकारी दिए ।

 

समितिका अध्यक्ष भिमराज चौधरीको नेतृत्वमा रहेका समितिले सवैको आँखामा छारो हाल्ने प्रयास गरेको देखिएकोले अधिवेशनमा झापा, मोरङ, सुनसरी र काठमाडौंबाट पुगेको बहुसंख्यक प्रतिनिधिहरुले निर्वाचन स्थगनको माग गर्दै बिधान अनुसार सवै प्रक्रिया पूरा गरेर मात्र निर्वाचनमा जान गरेको अनुरोधलाई ब्यवस्था गरेको बिज्ञप्तिमा उल्लेख छ ।

 

त्यस्तै पूर्व नियोजित तयारी अनुसार आफ्नो नेतृत्वमा कथित नयाँ समिति घोषणाको नाटक मञ्चन गरेको समेत आरोप लगाइएको छ ।