ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिदिङवा गाउँपालिका ६ मेहेले बाँकेटारका तेजबहादुर-रेसु लिङदेनका ७ वर्षीय छोरा विवेक लिङदेन रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

 

प्रहरीका अनुसार सोमबार अपराह्न करिब साढे ४ बजे पेसुवा खोलामा पौडी खेल्न विवेक गएका थिए । सोही क्रममा उनको डुबेर निधन भएको प्रहरीले जनाएको छ । स्थानीयले खोलामा पौडी खेल्ने क्रममा भने पनि प्रहरीले स्थानीय दहमा पौडी खेलेको उल्लेख गरेको छ ।

 

जिल्ला प्रहरीका अनुसार स्कुलबाट घर फर्कने क्रममा बाटोमा रहेको खोल्साको दहमा पौडी खेल्न पसेकोमा अचानक डुबेर मृत्यु भएको जनाएको छ ।

 

बालकको डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।