धरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

 

उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको, ४ ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको उल्लेख गरेका छन् ।

 

 

१०० दिनमा के गरिस तैँले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर भन्दै उनले सार्वजनिक गरेको विवरण यस्तो छ-

 

 

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें,  २. ४ ठाउँबाट खानेपानीको मूहान थपें, ३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ, ४. ६ लाख विरुवा रोपें ।

 

५. सरसफाइमा देखिने सुधार ल्याएँ, ६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ, ७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें, ८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन ।

 

९. लागु औषध विरुद्धको अभियान शुरु गरें, १०. योजनाहरुका लागि बजेटको जोहो गराएँ, ११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें, १२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ र १३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ ।