इलाम । मानव अधिकार सञ्जाल तथा शान्ति समूह (प्याग)को अध्यक्षमा सटेन्द्र जवेगू निर्वाचित भएका छन् । यसअघि उपाध्यक्षको रुपमा रहेको जवेगू संस्थाको छैटौ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।
सोही अधिवेशनबाट उपाध्यक्षमा पुन्यप्रसाद दुलाल, महासचिव प्रदिप अधिकारी, सचिव विशाल खड्का र शान्तिदेवी राई, कोषाध्यक्ष निर्मला मिश्र रहेका छन् । त्यस्तै सदस्यहरुमा विद्या सापकोटा, चन्द्र चुँडाल, मनप्रसाद नाल्मो, होममाया लाप्चा, डिकबहादुर कार्की र सहमान विक रहेका छन् । संस्थाको कार्यकारी निर्देशक समितिको बैठकले तोक्ने बताइएको छ ।
यसैबीच, संस्थाको छैटौ अधिवेशन तथा दशौँ साधारणसभाबाट स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० गतेको निर्वाचनमा विजयी पाँच जना सदस्यहरुलाई बधाई र शुभकामना ज्ञापन गर्दे सम्मान गरेको छ ।
फाकफोकथुम गाँउपालिका इलाम अध्यक्ष दिपेन्द्र खनाल, आठराई त्रिवेणी गाँउपालिका ताप्लेजुङ उपाध्यक्ष शान्ता आङ्वोहाङ, देउमाई नगरपालिका इलाम वडा नं ८ का वडाध्यक्ष चन्द्र मगर, माई नगरपालिका वडा नं ७ का वडाध्यक्ष बुद्धिप्रसाद खनाल र इलाम नगरपालिका कार्यपालिका सदस्य दिपक त्रिखत्रीलाई सम्मान गरेको हो ।