झापा । प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित झापाको भद्रपुरमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ११ का २४ वर्षीय आकाश गिरी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बेलुका ६ बजे प्रदेश ३-०२-०१३ प ४७४३ नम्बरको मोटरसाइकलमा सवार गिरीलाई भद्रपुर- ५ बाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

 

प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाएको झापा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।