बिर्तामोड । जिल्लाको झापा गाउँपालिकाका एक व्यक्तिले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शुक्रबार राति १०ः१० बजेतिर झापा गाउँपालिका ६, चन्द्रबस्तीका ४० वर्षीय नाइके सरदारले ३५ वर्षीया श्रीमती तालामई हस्दाको छुरा प्रहार गरी हत्या गरेका हुन् ।
मादक पदार्थ सेवन गरी घर आएका नाइकेले तालामईमाथि छुरा प्रहार गरेका थिए । कोखामा छुरा प्रहार गर्दा तालामईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने नाइके फरार छन् । हत्यारा नाइके हाल छुरा लिएर फरार भएका छन भने प्रहरीले उनको चौतर्फी खोजी गरिरहेको छ ।