फाइल तस्वीर ।

झापा । झापामा जंगली हात्तीको आक्रमणमा परी दुईजना घाइते भएका छन् । घाइते हुनेमा हल्दिवारी २ का आमाछोरा रहेका छन् ।

 

आज विहान करिब ४ः३० बजेको समयमा मर्निङ वाकमा निस्केको अवस्थामा हात्तीसंग जम्काभेट हुन पुग्दा फर्सी राजवंशी र उनका छोरा घाइते भएको २ नं वडाध्यक्ष सुकलाल राजवंशीले जानकारी दिएका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको हल्दिवारी प्रहरी चौकी इन्चार्ज पर्शुराम राउतले जानकारी दिएका छन्।

 

रातको समयमा ४ वटाको संख्यामा आएका हात्तीले एउटा पसलमा पनि क्षति पुर्याएको बताइएको छ । हल्दिवारीमा पछिल्लो समयमा हात्तीको जोखिम बढ्दै गएको छ।