एजेन्सीँ । भारतमा निर्माणाधीन भवनको लिफ्ट चुँडिएर सात जनाको ज्यान गएको छ । अहमदबादमा निर्माणाधीन भवनको तेह्रौँ तलामा रहेको लिफ्ट चुँडिदा आठ जना मजदुर तल खसेका थिए ।

 

लिफ्ट चुँडिदा तल खसेका उनीहरुमध्ये सात जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

 

मजदुरहरुले लिफ्टबाट सामान ओसार्दै गर्दा चुँडिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ४१ मिटर उचाइबाट मजदुर खसेको यो घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।