बिर्तामोड । झापा र ताप्लेजुङका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागी दुई जनाको मृत्यु भएको छ ।

 

झापाको अर्जुनधारा नगरपालिका १० का २७ वर्षीय ईन्द्र चेम्जोङको स्थानीय सेती खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ । करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैँलाई करेन्ट लागेर घाइते भएका चेम्जोङलाई उपचारको लागि झापाको बिएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

 

यसैगरी ताप्लेजुङको सिदिङवा गाउँपालिका ३ का २५ वर्षीय बिक्रम ताम्लिङको करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर मृत्यु भएको हो । सोमबार दिउँसो माछा मार्न भनी साम्सिङ खोलामा गएका ताम्लिङको करेन्ट लागेर मृत्यु भएको भन्ने मंगलबार बिहान खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।

 

खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।