बिर्तामोड । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बिर्तामोड शाखाले आफ्नो ५औं वार्षिक उत्सवको अवसरमा आज रक्तदान कार्यक्रम गरेको छ ।

 

बिर्तामोडको भद्रपुररोडस्थित आफ्नै कार्यालयमा भएको कार्यक्रममा १ महिलासहित १६ जनाले रक्तदान गरे । उनीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

झापामा अहिले भइरहेको रगतको अभावलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको बिर्तामोडका शाखा प्रमुख इन्द्रकुमार श्रेष्ठ (विकास)ले बताए ।

 

कार्यक्रममा रेडक्रस झापाको प्राविधिक सहयोग रहेको बरिष्ठ एजेन्सी मेनेजर रुद्रप्रसाद निरौलाले जानकारी दिए । कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक तुलसीनाथ पौडेललगायत अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।