झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित रामेछाप नगरपालिका वडा नं. ८ बस्ने ३० वर्षीय विजय लामा पक्राउ परेका छन् ।

 

हिजो अपरान्ह ४ः३० बजे मेचीनगर वडा नं. ६ स्थित मेचीपुल छेउमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका लामालाई ७५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

 

उनको साथबाट नगद १० हजार र सामसुङ मोबाईल १ थानसमेत बरामद गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।