बिर्तामोड । झापाको भद्रपुरमा रहेको ओम साई पाथीभरा हस्पिटलले एक जना डाक्टरसहित तीन जनालाई कारवाही गरेको छ । बिरामीको उचित हेरचाह नगरेको भन्दै तीनलाई कारबाही गरेको हो ।

 

बुधबार राति बिर्तामोडबाट उपचारका लागि गएका एक विरामीको उपचारमा अस्पतालले लापरबाही गरेको पीडित पक्षको आरोप छ । लापरबाहीकै कारण विरामीको ज्यान गएको विरामी पक्षका परिवारको भनाई छ ।

 

बिर्तामोड १ बाट उपचारका लागि कौशल अलि खानलाई परिवारले ओम साई पुराएको थियो । राति लगेको विरामीको बिहान निधन भयो, उनका भतिज मेराज खानले भने, अस्पतालले भर्ना नलिएको भन्दै गैरजिम्मेवार जवाफ दियो ।

 

खानको मृत्यूपछि अस्पतालमा तनाव भयो । तनावपछि अस्पतालले इमेरजेन्सी विभागका मेडिकल अफिसर डा. विरेन्द्र शाह, सर्जन विभागकी एएनएम अनिता बाँनिया, स्टाफ नर्स नन्दिता लिम्बुलाई कारबाही गरेको छ । तीनै जनालाई अस्पतालले बिहीबारबाटै सेवाबाट हटाएको छ ।