झापा । मलामी बोकेर झापाको कुञ्जिबारी जाँदै गरेको बस शिवसताक्षीमा बुधबार दिउँसो दुर्घटनामा परेको छ । दुर्घटनामा परी २८ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षीको वडा नम्बर ९ स्थित झरना पुल नजिक भएको दुर्घटनामा २८ जना घाइते भएका हुन्। त्यसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
कनकाई नदीको मुक्तिघाटमा शवको दाहसंस्कार सकेर मलामी लिएर फर्किँदै गरेको ना ७ ख २६५१ नम्बरको बस दुर्घटनामा परेको थियो। राजमार्ग दक्षिण किनारको रुखमा गएर बस ठोकिएको प्रहरीले जनाएको छ। सोही दिशाबाट आउँदै गरेको अर्को बसलाई जोगाउन खोज्दा मलामी बोकेको बस राजमार्ग दक्षिण रुखमा ठोकिएको स्थानीयबासीले बताएका छन्।
अगाडि गुडिरहेको बसले आकस्मिक ब्रेक गर्दा मलामी बोकेको बस चालकले जोगाउन खोज्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। घाइते सबैको बिर्तामोड अस्पतालमा उपचार भइरहेको छ ।