बिर्तामोड । प्रहरीले झापाको अर्जुनधाराबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । यसअघि सोमबार मात्र अर्जुनधारा ९ का दुई युवालाई केर्खाबाट १० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।
यस्तै, मंगलबार राति अर्जुनधारा ११ स्थित चिया बगानको क्वाटरबाट सोही ठाँउका ३४ वर्षीय दिनेश दर्जी र ३८ वर्षीय राजकुमार कार्कीलाई २१ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए ।
लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
लागूऔषध दुर्व्यसनीविरुद्ध प्रहरीले निगरानी बढाएसंगै धमाधम लागूऔषध कारोबारी तथा सेवनकर्ताहरु पक्राउ पर्न थालेको प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।