एजेन्सी । पूर्वमिस अर्जेन्टिना र पूर्वमिस पोर्टो रिकोले आफूहरुले विवाह गरेको घोषणा गरेका छन् । बुधबार बेलुका मारियाना भारेला र फाबिओला भ्यालेन्टिनले इन्स्टाग्राममार्फत विवाह गरेको सार्वजनिक गरे। इन्स्टाग्राममार्फत् यसको खुलासा गरिएको हो ।

 

दुवै जनाले सामाजिक सञ्जालमा आफ्नो सम्बन्धको खुलासा गर्दै निकै सुन्दर भिडियो शेयर गरेका छन् । मारियाना भेरेला र फाबियोला भ्यालेन्टाइनको पहिलोपटक २०२० मा मिस ग्राण्ड इन्टरनेशनलको समयमा भेट भएको थियो ।

 

उनीहरूबीच थाइल्याण्डमा भएको २०२० मिस ग्राण्ड इन्टरनेशनल प्रतियोगितामा पनि भेट भएको थियो, जहाँ उनीहरूले अर्जेन्टिना र पोर्टो रिकोको प्रतिनिधित्व गरेका थिए ।

 

उक्त सौन्दर्य प्रतियोगिताको अन्तिम १० मा स्थान बनाएका उनीहरू त्यसपछि नजिकिएका थिए । त्यसयता दुवै एकअर्काको सम्पर्कमा र डेटिङमा थिए ।

 

अक्टोबर २८ मा उनीहरूले विवाह गरेका हुन् । तर, आफूहरूले विवाह गरेको कुरा कुनै विशेष दिन सार्वजनिक गर्ने भनेर बसेको यो जोडीले बुधबार विवाह भएको घोषणा गरेको हो ।