बिर्तामोड । बिर्तामोडमा ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । बाह्रदशी गाउँपालिका १ का दिपेन्द्र राजवंशी ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार बिर्तामोड नगरपालिका ४ बाट १ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित बाह्रदशी गाउँपालिका १ बस्ने २५ वर्षीय दिपेन्द्र राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टा झापाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।