सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ११ बाट अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स्कारपियो गाडीबाटै गाँजा तस्करी गरिरहेकाे अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे ।

 

प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी गस्ति टोलीले शंकास्पद अवस्थामा रहेको बा ११ च ३०४२ नम्वरको स्कारपियो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडीभित्र १ सय ७५ किलोग्राम गाँजा र नगद १ लाख १ हजार ४ सय २५ रुपैया समेत बरामद गरेको हो ।

 

अवैध गाँजा बरामद भए सँगै सवारी साधन र चालक इटहरी उपमहानगरपालिका ४ सुनसरीका ३१ वर्षीय मनिस दर्नाल र सहचालक ३१ वर्षीय योगेन्द्र बजगाईलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ परेका उनीहरुको सुनसरी जिल्ला अदालतबाट म्याद ‍थप गरी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम इलाका प्रहरी कार्यालय हेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।