झापा । राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणामअनुसार लिङदेनले नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार ३ सय मतले पछि पारेका छन् ।

 

६० हजार ७३५ मत गन्दा लिङदेनले २८ हजार १८९ मत ल्याउँदा २४ हजार ८८९ मत प्राप्त गरेका छन् । अन्य निर्वाचन क्षेत्रमा छिटो मतगणना सुरु भएको नतिजा पनि चाँडै आएको थियो । यस क्षेत्रमा भने बिहीबारमात्र अन्तिम नतिजा आउने देखिन्छ । यस क्षेत्रमा १ लाख ३१ हजार ४३२ मत रहेकोमा ८९ हजार ३३७ मत खसेको छ ।