झापा । झापा क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

 

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै लिङ्देन लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट लिङ्देन उम्मेदवार बनेका थिए । लिङ्देनले ४० हजार ६६२ मत ल्याएकोमा सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए ।

 

यसअघि झापा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा निर्वाचित भइसकेका छन् । उनले नेकपा एमालेका अग्नि खरेललाई पराजित गरेका हुन् । यस्तै, क्षेत्र नम्बर २ बाट एमाले नेता देवराज घिमिरे विजयी भए । उनले स्वतन्त्र उम्मेद्वार स्वागत नेपाललाई पराजित गरेका हुन् भने तेस्रो स्थानमा रहेको गठबन्धनका साझा उम्मेद्वार हरिकुुमार रानालाई पनि पराजित गरे ।

 

यसैगरी, क्षेत्र नम्बर ४ मा नेकपा एमालेका एलपी साँवा निर्वाचित भए । उनी दोस्रो पटक संघीय सांसदमा निर्वाचित भएका हुन् । राप्रपासँग चुनावी तालमेल गरी झापा ४ बाट उम्मेदवार बनेका साँवाले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका देउकुमार थेबेलाई ६ हजार ८६७ फराकिलो मतान्तर पराजित गरेका हुन् । थेबे कांग्रेसका जिल्ला सभापति हुन् ।

 

यस्तै, क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी ओली निर्वाचित भए । उनले नेपाली कांग्रेसका उम्मेद्वार खगेन्द्र अधिकारीलाई पराजित गरेका हुन् । ओली दोस्रो पटक संघीय सांसदमा निर्वाचित भएका हुन् ।

 

राप्रपासँग चुनावी तालमेल गरी झापा ४ बाट उम्मेदवार बनेका साँवाले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका देउकुमार थेबेलाई ६ हजार ८६७ फराकिलो मतान्तर पराजित गरेका हुन् । थेबे कांग्रेसका जिल्ला सभापति हुन् ।