झापा (एजेन्सी) । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा भईरहेको छ । एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका छन्।

 

पहिलो हाफमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा बल पोसेसनमा पकड जमाएपनि दक्षिण कोरिया गोल गर्न असफल भयो । यस्तै खेलको ४४औं मिनेटमा उरुग्वेका डिएगो गोडिनको हेडर पोस्टमा लाग्दै फर्किएको थियो ।