बिर्तामोड । धान बोकेको ट्रयाक्टर पल्टिदा आज साँझ बिर्तामोड ९ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड ९ कंचन टोलका अन्दाजी ७२ वर्षीय बुद्धराज श्रेष्ठ रहेका छन् ।

 

साँझ ६ः३० बजेतिर थ्रेसर गरेको धान बोकेर आउँदै गरेको प्र १-०१-००१त ८४८९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा ट्रयाक्टरमा सवार धानधनी श्रेष्ठको मृत्यु भएको हो ।

 

ट्रयाक्टरको ट्रलीमा राखिएको धानमाथि उनी बसेका थिए । घाइते श्रेष्ठलाई उपचारका लागि बिएण्डसी हस्पिटल लाँदालाँदै बाटैमा मृत्यु भएको स्थानीय यज्ञराज श्रेष्ठले जानकारी दिए । घटनापछि ट्रयाक्टर चालक ज्ञानबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।