लिलक सिटौला,
जेठ-असारकै कुरो थियो । नयाँ विद्यार्थीको स्वागत विवादमा यत्रो ठुलो आक्रमण मैले यो विषयमा पहिले नै बुझेको भए पनि हामी सबै माविको राजनीतिपछि अलिक बौद्धिक त हुनु नै पर्दथ्यो । हामी भएनौँ । त्यो सम्बन्ध इलाम बसाइ र कलेज जीवनको कति राम्रो र मिठास थियो । सबै विद्यार्थी साथीहरुसँग त्यो सम्बन्ध यो लडाइँले विभाजन गर्यो ।

 

इलाममा त्यो बेला जेठ-असार महिना पनि जाडोयाम हुन्थ्यो । वातावरण धेरै सभ्य र सरल थियो । भोलिपल्ट हस्पिटलमा साथीहरु रहेको कुरा जानकारी भो, भेट्ने इच्छा प्रवल भएर आयो । सबै साथीहरुसँग कुरा गर्दा भेट्न जानुपर्छ भन्ने नै निश्कर्ष आयो । सर उमाराम प्रसाईलाई हामीले जानकारी गराएका थियौँ । वहाँ वकिल पनि पढेका र क्याम्पस पनि पढाउने भएको हुँदा हामीलाई भन्दा वहाँलार्य धेरै जानकारी थियो । वहाँले भन्नुभो, तिमीहरुलाई राजकाज मुद्दा लागेको छ । यो फैसला वकिलले होइन, सिडिओले गर्छ । म हस्पिटलमा गएर बुझौँला । तिमीहरु सुरक्षित ठाउँमा केही दिन गएर लुक है ।

 

बस्, खेला खत्तम ! हामी आफूूभन्दा ठुलाका आदर गर्ने केटाहरु आआफ्ना ठाउँबाट बाटो लागेका थियौँ । अब गोलाखर्क वार्ड नम्बर ३ रिङरोड बस्ने वातावरण भएन । चुडामणी, मोहन सिवाकोटी, प्रदिप तामाङ आआफ्नो बाटो लाग्यौँ । श्रीप्रसाद भेटवालहरु पनि खै कता गए, कता हराए ? थाहा भएन । मचाहिँ त्यो बेलामा बाहुन बस्ती भन्थे रमेश डिसी, माइला डिसीहरुसँग बेसेको थिएँ । कारण केही दिन बस्नु, लुक्नु थियो, वातावरण बुझ्नका लागि ।

 

सुरेश सापकोटाहरु पनि यो आन्दोलनमा थिए । जसले जे भने पनि छात्रा साथीहरुको सम्पूर्ण सहयोगले हामी बाँचेका थियौँ । त्यसको हकदार सुलाचना दिदी नै हाम्रो मुल्यांकनमा पर्नुभो । घटनाको भोलिपल्ट बिहानै हामी भूमिगत भइसकेका थियौँ पुलिस प्रशासनको कमीको कारण हामीलाई कसैले भेट्नु त परै जाओस्, छुन पनि सक्दैनथ्यो । त्यो चाहिँ जनशक्तिको अभावले गर्दा ।

 

हामीलाई थाहा भो, लोकबन्धुजीले बिरामी हेर्न गएका अभिभावक उमाराम प्रसाईलाई पिट्नु भएको खबर पायौँ । दुःख लाग्यो । हाम्रा अभिभावक प्रसाई पनि इलाम अस्पतालमा त्यही कारणले भर्ना हुनुभो । वहाँको दोष थिएन । हामीले धेरै कम्युनिष्ट विचारधाराका शिक्षकहरुलाई हामीमाथि नै आइलाग्दा बाल्टीले टाउकोमा हानेर पिटेका थियौँ । महिला साथीहरुलाई जिम्मा दिएको काम फत्ते भो । जसले जे भने पनि महिलालाई काम जिम्मा लगाउँदा चलाखीपूर्ण हिसाबले लगाउनु पर्ने रहेछ । त्यो निर्णायक र सफल हुन्छ । हेलचेक्र्याइँ गरियो भने घातक सावित हुन्छ, यो मेरो जीवनको मिठो अनुभव थियो ।

 

भरै बुझ्दा त, मलगायत टंक बस्नेत, दिपेन्द्र सेन्दाङ, दुर्गा खरेल, निवज गुरुङ, राजेन्द्र शर्मा, रमेश डिसीलाई राजकाज मुद्दा लगाएका रहेछन् । वादी प्रतिवादी त्यो कुरा हामीलाई थाहै थिएन । अब झन् बाहिर निस्कने अवस्था रहेनछ । त्यो बेला प्रहरी होइन पुलिस भन्थे । हाम्रो खोजी भइरहेको थियो । अरु झापाका मेरा साथीहरु आआफ्नो घर पुगेका थिए । त्यो बेला पनि जो कडा त्यसैलाई पक्राउ गरि यातना दिन चलन थियो ।