झापा (एजेन्सी) । कतारमा जारी फिफा विश्वकप फुटबलमा कोस्टारिकाले जापानलाई हराएको छ । अहमेद बिन अलि स्टेडियममा आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १-० गोल अन्तरले हराएको हो ।

 

कोस्टारिकाको जितमा केयशेर फुलेरले निर्णायक गोल गरे । उनले खेलको ८१औं मिनेटमा गोल गरेका हुन् । कोस्टारिकाको यो पहिलो जित हो । जितसँगै कोस्टारिकाले नकआउट चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ ।

 

पहिलो खेलमा कोस्टारिका स्पेनसँग पराजित भएको थियो । कोस्टारिका २ खेलमा ३ अंक जोडेर समूह ‘ई’को तेस्रो स्थानमा रहेको छ । जापानको यो पहिलो हार हो । जापानले पहिलो खेलमा जर्मनीलाई हराएको थियो । जापान २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।