झापा (एजेन्सी)। कतारमा जारी फिफ विश्वकपको समूह ‘एच’ को जारी खेलमा दक्षिण कोरिया विरुद्ध घानाले अग्रता लिएको छ । पहिलो हाफसम्म घाना २-० गोलले अघि रहेको छ ।

 

खेलको २४ औं मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाए । ३४ औं मिनेटमा घानाले अग्रता दोब्बर पार्यो ।

 

घाना र दक्षिण कोरिया पहिलो जित निकाल्न एजुकेशन सिटी स्टेडियममा खेलिरहेका छन् । घाना पहिलो खेलमा पोर्चुगलसँग ३-२ को अन्तरले पराजित भएको हो । दक्षिण कोरियाले उरुग्वेसँग गोल रहित बराबरी खेलेको हो ।