झापा (एजेन्सी)। कतारमा जारी फिफ विश्वकपको समूह ‘एच’ को खेलमा घानाले दक्षिण कोरियालाई ३-२ गोलले पराजित गरको छ । पहिलो हाफमा २-० गोलेले पछि परेको अवस्थालाई उल्टाउँदे दक्षिण कोरियाले बराबरी गोल गरेका थियो । दक्षिण कोरियामाथि घानाकाे राेमाञ्चक जित हाे ।

 

तर, खेलको ६८औँ मिनेटमा घानाका लागि कुडुस मोहमदले निर्णायक गोल गरेका थिए । यसअघि खेलको २४ औं मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाए । ३४औं मिनेटमा घानाले अग्रता दोब्बर पारेको थियो । कुदुस मोहमदले नै हेडमार्फत गोल गरेका हुन्।

 

कोरियाका लागि चो गि सुङ्गले ५८औं तथा ६१औं मिनेटमा १(१ गोल फर्काए । ६८औं मिनेटमा घानाका मोहमद कुडुसले गरेको गोल नै निर्णायक भयो । जितसँगै घाना ३ अंकका साथ समूह ुएचु को दोस्रो स्थानमा उक्लिएको छ ।

 

हारसँगै दक्षिण कोरिया १ अंकका साथ समूहको पुछारमा रहेको छ । घाना पहिलो खेलमा पोर्चुगलसँग ३-२ को अन्तरले पराजित भएको हो । दक्षिण कोरियाले उरुग्वेसँग गोल रहित बराबरी खेलेको हो ।