उदयपुर । उदयपुरको कटारी नगरपालिका ६ साँगुरीबाट बुधबार साँझ गाँजासहित एक युवक पक्राउ परेका छन् ।

 

प्रहरी चौकी रिस्कुबाट गएको प्रहरी टोलीले जाँच गर्दा ताप्ली गाउँपालिका २ का २७ वर्षीय सरोज राईलाई ६० किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । बोरामा बोकेर ल्याएको गाँजासहित राईलाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बताए ।

 

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखिएको छ । पक्राउ परेका राईलाई बुधबार नै उदयपुर जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ७ दिन म्याद लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ।