बेलबारी । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (आरआइटी) समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिला र एक पुरुष रहेका छन् ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ कि ४६ वर्षीया तारादेवी श्रेष्ठ र २३ वर्षीय आर्युत श्रेष्ठ रहेका छन् । प्रहरीले उनीहरुलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

 

तारादेवी बैङ्किङ कसुर मुद्दामा सम्मानित उच्च अदालत विराटनगरको मिति २०७७ साल माघ ५ गतेको सजाय निर्धारण फैसला आदेशले १० लाख १२ हजार जरिवाना बेरुजु रही फरार रहेकी थिइन् ।

 

यस्तै, आर्युत बैङ्किङ कसुर मुद्धामा सम्मानित उच्च अदालत विराटनगरको मिति २०७७ साल चैत ८ गतेको सजाय निर्धारण फैसला आदेशले ५ लाख १० हजार जरिवाना बेरुजु रही फरार रहेका थिए ।