लिलक सिटौला,
भोलिपल्ट बिहानै छिटो छिटो उठेर नित्यकर्ममा लाग्यौँ । क्याम्पस जानु परेको थिएन, हाम्रो नै कारणले केही दिन बन्द भएको थियो । आफ्नो हातमा लगाएको हाते घडी सुइ घुमेको घरी घरी हेर्न मन लागेको थियो । आखिरी ११ बजे हामीहरु महत्वपूर्ण व्यक्तिसँग भेट गर्ने छटपटिएको थियो ।

 

प्रधानमन्त्रीको सवारी इलाम जिल्लाभरि नै भएको थियो । इलाम नगरपालिकामा आउने कार्यक्रम बिहानको ११ बजे नै थियो । हामी १०ः३० मा नगरपालिकाको तल्लो तलामा आइसकेका थियौँ । त्यो सबै कुरा आदरणीय दाइ बेनुप प्रसाईले मिलाइदिनुभएको थियो । मलगायत टंक दाइ, अरु साथीहरुमध्ये एउटा साथी महत्वपूर्ण थियो । दावा लामा पनि हामी डेलिगेशनमा थियौँ ।

 

हामीलाई सबैतिरबाट आकर्षण थियो । प्रधानमन्त्रीलाई भेट्नु जाँदा अ.त. भनेर जेल हाल्ने डर, उता सिडिओको मुखैमा मुद्दा थियो । तर, पनि हामी प्रजातन्त्र चाहिन्छ भनेर हिँड्ने साथीहरु न मर्नसँग डर थियो त बच्नसक्ने ज्ञान थियो । चल भाइ सिताराम… यसरी हिँडेका हामीलाई अन्याय भो भन्नु पनि नपाइने, देशको प्रधानमन्त्री सूर्यबहादुर थापासमक्ष राख्ने निर्णय गरेका थियौँ र गर्नेछौँ भन्ने प्रण लिएका थियौँ । यो काममा जेजस्तो भए पनि हामी तयारी नै अवस्थामा थियौँ ।

 

भेट गर्ने समय आइपुग्यो । र पनि हामीलाई बेनुप दाइले समय मिलाएको थिए । अरु धेरै नेताहरु कांग्रेसहरु कांग्रेसका त्यो बेला भए पनि हामीलाई बचाउने विषयमा मौन रहने चलन थियो । हामी विद्यार्थीले राजनीति पनि गर्ने, र आफू बच्ने निर्णय गरेका थियौँ । हाम्रो निर्णयलाई इलाममा बुझेका कांग्रेसहरुले समर्थन गरेका थिए । जेहोस्, हामीहरु आआफ्नो हिसाब किताबले बाँचेका थियौँ । दुःख, सुख आफ्नै थियो । कसले कसैलाई वास्ता गर्दैनथे ।

 

त्यो बेला क्रान्तिको थियो । आफ्नो खुट्टामा आफैँ उभिन पर्दथ्यो । हामी उभिएका थियौँ, त्यो समयमा उभिनु जरुरी थियो । प्रधानमन्त्री सूर्यबहादुर थापासँग हाम्रो भेट भयो । हामीले १० मिनेटका लागि समय पाएका थियौँ । त्यो बेला दाइ बेनुप प्रसाई इलामको मेयर हुनुहुन्थ्यो । हाम्रो आवाज सुनेर प्रधानमन्त्रीले सिडिओलाई मुद्दा ढिसमिस गर्नु भन्नुभो । मुद्दा भोलिदेखि सकिन्छ हजुर भनेर प्रमलाई सिडिओले भनेको कुरा अहिलेजस्तो लाग्छ । हामीले प्रमलाई सामुहिकरुपमा भनेका थियौँ । हामी राजावादी हौँ, हामीउपर विद्यार्थी स्वागत कार्यक्रममा यत्रो भिडन्त किन गराएको प्रशासनले, हामी निर्दोष छौँ । बस्, वहाँले मुद्दा सम्झनुस् भन्नुभो, सिडिओले हुन्छ भन्नुभयो । बस्, हाम्रो काम फत्ते भो ।

 

हामी त्यही दिन ओभरकोट खोलेर इलाम बजार घुमेका थियौँ । तर, मुद्दा भोलिसम्म थियो । भोलिपल्ट हामी जिल्ला प्रशासन गएका थियौँ । मुद्दाका लागि मुद्दा लागेपछि सबै किसिमका मानिसहरु मुद्दा खेप्नु जानु नै पर्दोरहेछ । हामी पनि गएका थियौँ । प्रधानमन्त्री हेलिकोप्टर चढेर काठमाडौँ पुगिसक्नु भएको थियो । हामी भने जिल्ला प्रशासनको कार्यालयमा ।

 

जेहोस्, सिडिओ धेरै बेरपछि आएर पहिलो मुद्दा हाम्रो नै हेर्ने इच्छा गर्नुभो । वहाँले भन्नुभो, तपाईहरु कम्युनिष्ट विद्यार्थीको भिडन्तमा दुवै पक्षले कुटाइ खाएको र दुवै पक्षमा शिक्षकहरुले पनि पिटाइ खाएको हुँदा मुद्दा सकियो ।

 

तपाईहरु जान सक्नुहुन्छ, धन्यवाद । सिडिओको निर्णय… तर मलाई के लाग्यो भने हामीलाई बचाउने पुलिसजस्तै यो देश नेपालको प्रधानमन्त्री पनि कुनै बेला प्रजातन्त्रको पक्षमा थिए होलाजस्तो मेरो मनमा लागेको थियो ।