झापा । मोरङको विराटनगर महानगरपालिका ४ स्थित एयरपोर्ट नहरबाट प्रहरीले गाँजासहित एकजना युवकलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा विराटनगर ११ घर भएका २८ वर्षीय अर्पण राई छन् । को ३८ प ७९५१ नम्बरको स्कुटरमा सवार राईको साथबाट ५ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

आरोपीविरुद्ध लागूऔषध मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी टिकाबहादुर कार्कीले बताए ।