झापा । झापाको मेचीनगर नगरपालिका १ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगरका युवा छन् ।
बुधबार बेलुका प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका मेचीनगर नगरपालिका १ का ३० वर्षीय शक्ति प्रधान र २२ वर्षीय सिद्धार्थ तामाङलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।