झापा । काठमाडौंको नयाँ बानेश्वरस्थित सडकमै एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । इलामको पन्चकन्या ६ स्थायी घर भएका प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।

 

मंगलबार दिउँसो इलामको पञ्चकन्याका अन्दाजी ३६ वर्षीय प्रेम आचार्यले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । उनको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको प्रवक्ता मैनालीले बताए ।

 

’के कारणले आत्मदाह गरेको हो । हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने । यद्यपि घटनाको कारणबारे केही खुलेको छैन । यसबारे अनुसन्धान गरिने मैनालीले जनाए ।