झापा । झापा मेचीनगरका प्रल्हाद कार्की प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका छन् । मेचीनगर ६ निवासी ३० वर्षीय कार्की आज शनिबार दिउँसो २ः३० बजे पक्राउ परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर ६ स्थित काँकरभिट्टाको बसपार्कबाट पक्राउ गरेको हो ।
कार्कीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हिरोईनजस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिकबाहेक १ ग्राम ५०० मिलिग्राम फेला परेकोले निजलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउपछि उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायवव उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन् ।