अर्जुनधारा । प्याव्सन अर्जुनधारा नगरस्तरीय स्पोर्टस मिट २०७९ को भलिबल छात्रातर्फ र क्रिकेट छात्रतर्फ रुपरत्न मेमोरियल इङलिस बोर्डिङ स्कुल च्याम्पियन भएको छ ।

 

भलिबल छात्रातर्फ सूर्यज्योति बोर्डिङ स्कुललाई पराजित गर्दै रुपरत्नले प्रथम स्थान हासिल गरेको हो । यस्तै, स्वस्तिका शिशु सदनलाई पराजित गर्दै छात्र क्रिकेटतर्फ प्रथम बनेको हो ।

 

डबल टेबलटेनिस छात्रतर्फ मन्जिल प्रसाई र अनुप तामाङको जोडी तेस्रो बन्यो भने छात्रातर्फ पनि रिना खड्का र आस्था लिम्बूको जोडी तेस्रो स्थानमा रह्यो । १०० मिटर दौडमा राहुल खाती पनि तेस्रो भएका थिए ।

 

 

यस्तै, छात्र फुटबलतर्फ रुपरत्न दोस्रो स्थानमा रह्यो । हिमाली एजुकेशन फाउण्डेशन प्रथम भएको थियो । भलिबल छात्रतर्फ पनि रुपरत्नको टिम तेस्रो भएको थियो । रुपरत्नका लागि भलिबलतर्फ सौरभ राई र मनोज राई प्रशिक्षक थिए ।