बिर्तामोड । झापा बिर्तामोड २ का दयालाल राजवंशी ब्राउन सुगरसहित सोमबार पक्राउ परेका छन् । उनलाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले पक्राउ गरेको हाे।

 

सोमबार दिउँसो २ः३० बजेतिर प्रहरी टोलीले बिर्ताबजार-घैलाडुब्बा भित्री सडक खण्डमा पैदल हिँडिरहेको अवस्थामा २६ वर्षीय राजवंशीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर १ ग्राम ८०० मिलिग्राम बरामद गरेको थियो ।

 

पक्राउ परेका राजवंशीका साथबाट नगद ६ हजार ७५० र मोबाइल १ थानसँगै नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान कार्य भइरहेको झापा प्रहरीका सूचना अधिकारी तथा प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।