दमक । झापामा बोलेरो गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका ५ निवासी ४० वर्षीय चन्द्रबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रहरीका अनुसार मंगलबार राति १०ः१५ बजेको समयमा पूर्व(पश्चिम राजमार्गअन्तर्गत कमल ४ स्थित सितापुरीमा मे. १ ज १९४२ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा राईको मृत्यु भएको थियो ।

 

दुर्घटना गरी फरार रहेका बोलेरो चालक इलाम नगरपालिका २ निवासी ३२ वर्षीय पेम्बा तामाङलाई प्रहरीले बुधबार बिहान बिर्तामोडस्थित बसपार्कबाट नियन्त्रणमा लिएको थियो । गाडीसहित चालक तामाङलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालयमा राखिएको छ ।