झापा । राष्ट्रिय स्वतन्त्र पार्टीको अर्जुनधारा नगर संयोजकमा शिक्षासेवी टीआर गौतम चयन भएका छन् । आज अर्जुनधारा ७ स्थित पितृ भवनमा भएको एक भेलाले गौतमको संयोजकत्वमा ११ सदस्यीय नगर तदर्थ समिति चयन गरेको हो ।

 

सोही भेलाले नगरका ११ वटै वडाको संयोजक पनि तोकेको छ । नगर समितिको उपसंयोजकमा खगेन्द्र पौडेल र चन्द्रकला कार्कीलाई चयन गरेको छ भने सचिवमा लक्ष्मी खतिवडा र कोषाध्यक्षमा रोमनाथ पाठक रहेका छन् ।

 

यसैगरी, नगर सदस्यमा खेम दाहाल, सकुन दास, रेनुका मैनाली, मणिकुमार भट्टराई, जेबी पुलामी र रुद्रप्रसाद नेपाल रहेका छन् ।

 

११ वटा वडा रहेको नगरमा १ र ४ नम्बरमा संयोजक तोक्न बाँकी रहेको छ । तोकिएको २ नम्बर वडाको संयोजकमा दिनानाथ ढकाल, ३ नम्बरमा ओम घिमिरे, ५ मा ओमप्रकाश ओझा, ६ मा सरस्वती खत्री, ७ मा मातृका चापागाईं, ८ मा सीता भारती, ९ मा भक्त गोदार थापा, १० मा कुमार राय र ११ नम्बर वडाको संयोजकमा यमुना पौडेल तोकिएकी छन् ।

 

 

यसअघि भएको औपचारिक भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा संघीय सांसद सोविता गौतम, केन्द्रीय सदस्य रमेश प्रसाईं, पार्टीका प्रमुख सचेतक सन्तोष परियार, पार्टी झापाका संयोजक उमेश खरेललगायतले मन्तव्य राखेका थिए । खेम दाहालको अध्यक्षतामा आयोजित भेलामा स्वागत मन्तव्य टिकाराम गौतमले र कार्यक्रमको सञ्चालन कमल उप्रेतीले गरेका थिए ।