झापा । झापा बिर्तामोडका अर्जुन सुब्बा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । प्रहरीले उनलाई पुरानो मेचीपुलबाट पक्राउ गरेको हो ।

 

झापा प्रहरीका अनुसार आज शनिबार दिउँसो ४ः३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित पुरानो मेचीपुलबाट ईलाका प्रहरी कार्यालय काकँरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

 

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड नगरपालिका वडा नम्बर ५ धिमाल चौक बस्ने २६ वर्षीय अर्जुन सुब्बालाई शंका लागी चेकजाँच गर्दा प्रहरीले प्रतिबन्धित लागुऔषध ४ ग्राम ब्राउन सुगर फेला पारेको थियो ।

 

प्रतिबन्धित ब्राउन सुगरसहित फेला परेका लिम्बूलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको झापा प्रहरीका सूचना अधिकारी तथा डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।