झापा । लागुऔषध मुद्दामा फरार रहेका झापा शिवसताक्षीका एक युवकलाई प्रहरीले आइतबार पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाएको छ ।
झापा जिल्ला अदालतको मिति २०७८ असोज २० गतेको फैसलाअनुसार लागुऔषध मुद्दामा फरार रहेका शिवसताक्षी ११ का विनय भनिने विनम मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनको लागी खटिएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले २१ वर्षीय मगरलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मगरलाई अदालतमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागी जिल्ला कारागार कार्यालय झापा पठाइएको प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार अदालतको फैसलाअनुसार पक्राउ मगरलाई ८ महिना कैद र १० हजार जरिवाना तोकिएको छ ।