झापा । इलाम महोत्सवमा हिजो साँझ भागाभाग हुँदा घाइते हुनेको संख्या १८ पुगेको छ । महोत्सवमा हिजो साँझ गायक प्रमोद खरेलको कन्सर्ट हेर्नका लागि अत्यधिक भीड भएका बेला भागाभाग भएको हो ।

 

राति साढे ८ बजेतिर कन्सर्ट हेर्नका लागि छिर्नेक्रममा गेटमा च्यापिएर १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । त्यसमध्ये गम्भीर अवस्थाका ६ जनालाई झापातर्फ ल्याइएको छ ।

 

पाँच जनाको बिएण्डसी हस्पिटल र एक जनाको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्यको इलाम जिल्ला अस्पतालमा उपचार भइरहेको र केही उपचारपछि घर फर्किएका छन् ।