झापा । झापाको दमक नगरपालिका ४ स्थित अडिया महलबाट अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा छन् भने एक जना फरार रहेको बताइएको छ ।

 

प्रहरीका अनुसार उनीहरुलाई १० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २८ वर्षीय दाम भन्ने सुसन धिमाल, २७ वर्षीय अभिषेक विश्वकर्मा र २० वर्षीय तिन्तुस मुन्नालाई रहेका छन् । उनीहरुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

 

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले उक्त घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।