झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ मा एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । साबिक बुधबारे ८ स्थित शितल चोकका एकजना किसानको खेतमा आज बिहान सो हात्ती मृत अवस्थामा फेला परेको हो ।

 

करिब २५ वर्षको पोथी हात्तीको विद्युतीय करेन्टका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । हात्तीको मृत्युबारे अनुसन्धान गर्न कोशी टप्पुबाट टोली बोलाइएको डिभिजन वन कार्यालयका अधिकृत जीवन पाठकले बताए ।

 

योसहित यस वर्षमात्र झापामा विद्युतीय करेन्टका कारण दुईवटा हात्तीको मृत्यु भइसकेको छ । गतवर्ष तीनवटा हात्ती त्यसरी मारिएका थिए ।