बिर्तामोड । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधाराका युवा छन् ।

 

झापा प्रहरीका अनुसार १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका ११ स्थित स्टाप चोक बस्ने २७ वर्षीय विवेक श्रेष्ठ छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

 

विवेकले ती किशोरीलाई सोही ठाउँमा रहेको साथीको कोठामा आएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।