झापा । अत्यधिक गर्मीका कारण खोलामा पौडी खेल्ने क्रममा डुबेर झापा कनकाई नगरपालिका एक युवाकाे मृत्यु भएकाे छ । कनकाई २ का २१ वर्षीय सलिम गुरागाईको शुक्रबार साँझ (आज) डुबेर मृत्यु भएको हाे ।
कनकाई नगरपालिका २ निवासी गुरागाई साथीसँगै स्थानीय कनकाई नदीको दोमुखा क्षेत्रमा दिउसो ४ बजेतिर पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा अन्दाजी ४ः१५ बजेतिर अचानक डुबेर मृत्यु भएको कनकाई नगरपालिका २ का वडाअध्यक्ष बलराम राई (प्रताप)ले जानकारी दिए ।
हाल युवकको शवलाई पोस्टमार्टमका लागि दमक लगिएको छ । झापामा पछिल्लो समय अत्यधिक गर्मीका कारण प्रायः सबै पालिकाले विद्यालयहरुलाई केही दिनका लागि बिदासमेत दिएको छ ।