झापा । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित सयपत्री चौकमा मोटरसाइकलको ठक्करबाट एक बृद्धको ज्यान गएको छ ।

 

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प १७६५ नम्बरको मोटरसाइकलले दिउँसो १ः३० बजेतिर बाटो काट्ने क्रममा पैदलयात्री स्थानीय ६५ वर्षीय बलबहादुर बस्नेतलाई ठक्कर दिएको थियो ।

 

टाउको र अनुहारमा चोट लागेर बोल्न नसक्ने अवस्थाको गम्भीर घाइते भएका उनलाई उपचारको लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा पुराइएको थियो । उपचारका क्रममा उनको दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको जनाइएको छ ।

 

मोटरसाइकल चालक गौरादह ४ का ३० वर्षीय सन्देश तुम्बापो इलाका प्रहरी कार्यालय बुधवारेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताएका छन् ।