पाँचथर । मेची राजमार्गको पाँचथर-ताप्लेजुङ जोड्ने हेवाखोलामा अस्थायी बेली ब्रिज निर्माणको काम सूरु भएको छ । बाढीले पुल बगाएदेखि नै बेली ब्रिज निर्माणको काम थालिएको हो ।
कुनै अवरोध नआएमा १५ दिनमा बेली ब्रिज निर्माण सम्पन्न हुने सडक डिभिजन कार्यालयका प्रमुख बिदुर पोखरेलले जानकारी दिएका छन् । कार्यालयले बेली ब्रिज खरिद गरेर स्टोर गर्ने र विपतको बेला आवश्यक पर्ने स्थानमा बेली ब्रिज जडान गर्ने गरेको पोखरेलले जानकारी दिए ।
हेवा खोलमा बेली ब्रिजको जडानको लागि आवश्यक सामग्री ढुवानी गरिसकेको र जग खन्ने कार्य हुँदै गरेको पोखरेलले जानकारी दिए । ब्रिज जडानको लागि सिमराबाट दक्ष टोली आउँदै गरेको पोखरेलको भनाइ छ ।
ब्रिज निर्माण हुन समय लाग्ने भएकाले तत्काल यातायात सञ्चालन गर्नको लागि हेवाखोलामा पानीको सतह घटेपछि डाइभर्सन बनाएर भए पनि यातायत सञ्चालन गर्ने तयारी सडक डिभिजनको रहेको पोखरेलले बताए ।