इलाम । आज साँझ ५ बजेदेखि इलामको पशुपतिनगर नाका तीन दिनका लागि शील गरिएको छ । दार्जीलिङ-मिरिकबाट नेपाल प्रवेश र नेपालबाट भारत प्रवेश गर्ने सूर्याेदय नगरपालिकाकाे पशुपतिनगर इलाम जिल्लाकाे पूर्वी नाका हाे ।

 

भारतको पश्चिम बंगालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको पञ्चायत जनरल इलेक्सनका लागि नेपाल-भारतबीच पर्ने इलामको पशुपतिनगर नाका शील भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

 

दार्जिलिङमा जुलाई ८ तारिखमा उक्त निर्वाचन हुन लागेको हो । जुलाई ८ को बेलुकी ५ बजेपछि मात्र नाका खुल्ला हुने इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए ।